टी-ट्वान्टी विश्वकप : श्रीलंकासँग वेस्ट इन्डिज पराजित

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत श्रीलंकाले वेस्ट इन्डिजलाई पराजित गरेको छ । सुपर १२ को समूह १ अन्तर्गतको खेलमा श्रीलंकाले २० रनको जित दर्ता गरेको हो ।
१ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै केवल १ सय ६९ रन जोड्न सक्यो । बिहिबारको खेलमा वेस्ट इन्डिजका लागि सिमरोन हिटम्यानले सर्वाधिक ८१ रन जोडे । निकोलास पुरन ४६ रनमा आउट भए । श्रीलंकाका वानिन्दु सिल्भा, विनुरा फर्नान्डो र चमिका करुणा रत्नेले समान २–२ विकेट हात पारे । दुस मन्था चमिरा र दासुन सनकाले एक–एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन जोड्न सफल भयो । श्रीलंकाका लागि चरिथ असालांकाले सर्वाधिक ६८ रनको योगदान गरे ।
पराजयसँगै वेस्ट इन्डिजको सेमिफाइनल प्रवेश गर्ने झिनो सम्भावना पनि समाप्त भएको छ । चार खेल खेलेको वेस्ट इन्डिजले केवल एक खेल जितेको छ । श्रीलंका भने एक खेलमा जित र तीन खेलमा पराजय भोग्दै प्रतियोगिताबाट पहिल्यै बाहिरिसकेको थियो ।
प्रतिक्रिया