प्रधानमन्त्रीद्वारा राष्ट्रिय विभूति साख्वाको प्रतिमामा फूलमाला अर्पण (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक १९ गते १०:३०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा फूलमाला अर्पण गरेका छन् । आज ललितपुरको पाटनमा नेपाल सम्बत् ११४२ का अवसरमा आयोजित एक कार्यक्रमका बिच देउवाले राष्ट्रिय विभूति शङ्खधर साख्वाको प्रतिमामा फूलमाला अर्पण गरेका हुन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ अर्थात इ.सं ८८० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलालाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

तस्बिर : रासस

प्रतिक्रिया