सोमबार, जेठ १३, २०८२

ललितपुरकाे घटनाप्रति कांग्रेस प्रवक्ता शर्माद्वारा दुख व्यक्त

नेपालखोज २०७८ कार्तिक २० गते ६:३३

काठमाडौं । ललितपुरको मंगलबजारमा शुक्रबार साँझ एउटा घरमा आगलागी हुँदा चारजनाको मृत्यु भएको छ । उक्त घटना प्रति कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले दुख व्यक्त गरेका छन् ।

उनले सामाजिक संजालमार्फत भनेका छन्, ‘ललितपुरको मंगलबजारमा दियो बाट सल्केर भएको आगलागीले एकै परिवारका ४ सदस्यको मृत्यु भएको घटनाले मर्माहत बनाएको छ ! तिहारको रमझम चलिरहँदा विविध सावधानी अपनाउन हामी सबै सजग बनौं । दुःखद घटनामा जीवन गुमाउनेप्रति श्रद्धाञ्जली । उपचाररत अन्य घाइतेको सिघ्र स्वास्थलाभ कामना गर्दछु !

No description available.

प्रतिक्रिया