आइतबार, जेठ १२, २०८२

उपराष्ट्रपति पुनबाट टीका ग्रहण

नेपालखोज २०७८ कार्तिक २० गते १३:५९

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले भाइटीकाका अवसरमा नजिकका आफन्त बहिनीहरुसँग यसवर्षको भाइटीका ग्रहण गरेका छन् ।

लैनचौरस्थित उपराष्टपति निवासमा आज बिहन ११ बजेर २ मिनेटको शुभसाइतमा उनले आफन्त बहिनीहरुबाट टीका ग्रहण गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए।

टीका लगाइदिएपछि बहिनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे। सो अवसरमा उपराष्ट्रपति पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गरेका थिए ।

प्रतिक्रिया