बिहीबार, वैशाख १३, २०८१

लाभाको फाइभ-जी स्मार्टफोन, मूल्य कति ?

नेपालखोज २०७८ कार्तिक २० गते १४:५१

काठमाडौं । लाभा मोबाइल आफ्नो पहिलो फाइभ-जी स्मार्टफोन लन्च गर्ने तयारीमा छ । लाभाको यो पहिलो फाइभ-जी स्मार्टफोनको नाम अग्नि फाइभ-जी राखिएको छ र यो फोन कात्तिक २३ गते मंगलबार (९ नोभेम्बर) मा सार्वजनिक हुने बताइएको छ ।

लाभा अग्नि फाइभ-जीमा पन्चहोल डिस्प्ले दिइएको छ । यो फोनको रिफ्रेस रेट ९० हर्ज रहनेछ भने यसमा MediaTek Dimensity 810 5G प्रोसेसर प्रयोग गरिएको छ । एन्ड्रोइड-११ मा आधारित यो फोनमा डेडिकेटेड गेमिङ मोड पनि दिइएको छ ।

लाभा अग्नि फाइभ-जी फोन ५००० एमएएचको ब्याट्रीले सुसज्जित रहनेछ । यसमा फास्ट चार्जिङ सुविधा हुने छ कि छैन भन्ने कुरा स्पष्ट भइसकेको छैन । यो फोनमा चारवटा रियर क्यामेरा दिइएको छ भने यसमा एलईडी फ्लाससमेत रहनेछ ।

यो फोनको रियर प्यानल कभर्ड रहनेछ भने क्यामेरा मोड्युल माथिको बायाँ भागमा छ । यो फोनमा यूएसबी टाइप सी पोर्ट रहनेछ । यसको तल्लो भागमा हेडफोन ज्याक र स्पिकर ग्रिल रहनेछ ।

मूल्यको कुरा गर्दा यो फोनको अन्तर्राष्ट्रिय बजार मूल्य करिब ३२ हजार रुपैयाँ हुने बताइएको छ । यसको फाइनल मूल्य फोन लन्चका क्रममा घोषणा हुनेछ ।

यो स्मार्टफोनमा ६४ मेगापिक्सेलको प्राइमरी रियर लेन्सका साथ ८ मेगापिक्सेल तथा २ मेगापिक्सेलको थप दुई लेन्स रहनेछन् । सेल्फीका लागि लाभा अग्नि फाइभ-जीमा ८ मेगापिक्सलको क्यामेरा प्रयोग गरिएको छ ।

प्रतिक्रिया