आइतबार, जेठ १२, २०८२

चीनद्वारा अमेरिकी प्रतिवेदनको विरोध

नेपालखोज २०७८ कार्तिक २० गते १५:३२

चीन । चिनियाँ रक्षा प्रवक्ताले अमेरिकी रक्षा मन्त्रालयले जारी गरेको चीनको सैन्य विकाससम्बन्धी हालैको प्रतिवेदनप्रति कडा असन्तुष्टि जनाउँदै दृढतापूर्वक विरोध गरेका छन् ।

रक्षा मन्त्रालयका प्रवक्ता वु कियानका अनुसार प्रतिवेदनले तथ्यलाई बेवास्ता गरेको छ। उनका अनुसार प्रतिवेदनले तथाकथित ‘चिनियाँ सैन्य खतरा’ बारे तथ्यहीन टिप्पणी गरेको छ । र, चीनको आणविक क्षमता निर्माणमा आधारहीन आरोप लगाएको छ ।

त्यसैगरी ताइवान र अन्य मुद्दाहरू समावेश गर्ने चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ जुन विषयलाई चीनले गम्भीर रूपमा लिएको छ । वुले चीनको सैन्य विकासमा देशको सार्वभौमसत्ता, सुरक्षा र विकास हितको रक्षा गर्ने उद्देश्य निहित रहेको बताए ।

उनले भने- यसले कुनै देशलाई लक्षित गर्दैन र कुनै पनि देशप्रति खतरा पनि छैन् । संयुक्त राज्य अमेरिका विश्वमा आणविक खतराको सबैभन्दा ठूलो स्रोत हो, वुले थपे ।

वुले विश्वमा एउटा मात्र चीन रहेको र ताइवान चीनको अविभाज्य अंग भएको पुनः दोहोर्‍याएका छन् । उनले ताइवानमा बढ्दो तनाव मुख्यतया डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीले ‘ताइवान स्वतन्त्रता’ खोज्ने विदेशी समर्थनका कारण भएको बताए ।

चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने वा चीनलाई धम्की दिने कुनै पनि प्रयास पीपुल्स लिबरेशन आर्मीले बनाएको स्टिलको ठूलो पर्खाल अगाडि असफल हुने निश्चित रहेको वुले बताए ।

प्रतिक्रिया