शुक्रबार, वैशाख १४, २०८१

आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै सलमानसहित चार सेलिब्रेटी विरुद्ध मुद्धा

नेपालखोज २०७७ असार ३ गते १८:४१

मीना साउँद,
काठमाडौँ । बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्याको घटनाले नयाँ मोड लिएको छ । सुशान्तसिंहको आत्महत्याको पछाडि केही ठूला सेलिब्रेटीको नाम जोडिएर आएाके छ ।

अधिवक्ता सुधीरकुमार ओझाले बलिउडका ठुला ४ जना सेलिब्रेटीका विरुद्ध मुद्धा दर्ता गरेका छन् । यस मुद्धामा निर्देशक करण जौहर, संजयलीला भन्साली, अभिनेता सलमान खान, निर्देशक एकता कपूरसहित अन्य ४ जनाको नाम जोडिएको छ ।

यो मुद्धा बिहारको मुजफ्फरपुर अदालतमा दर्ता भएको छ । भारतीय संचार माध्यमहरुकाअनुसार यो मुद्धा भारतीय आईपीसीको धारा ३०६, १०९, ५०४ अनि ५०६ बमोजिम दर्ता गरिएको छ ।

अधिवक्त सुधीरकुमार ओझाले दर्ता गरेको मुद्धामा सुशान्तसिंहलाई करिब ८ फिल्मबाट हटाइएको थियो भने उनका केही फिल्म प्रदर्शन हुन सकेका थिएनन् । यी सबै कारणले सुशान्तलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया