आइतबार, जेठ १२, २०८२

हुम्लामा औषधि अभाव, बिरामी समस्यामा

नेपालखोज २०७८ कार्तिक २१ गते ११:१०


हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ स्थित लाली स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका जनाइएको छ ।

मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीयवासी विर्जन शाहीले जानकारी दिए । उनले भने , ‘स्वास्थ्यचौकीमा उपचार तथा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भन्दै फिर्ता पठाउने गरेका छन् ।’

दैनिक स्वास्थ्यचौकीमा १५ देखि २० जनासम्म बिरामी उपचार गर्न जाने बताइएको छ । पछिल्लो समय ‘सिजनल फ्लु’का कारण सो स्वास्थ्य संस्थामा बिरामी बढेका छन् । –रासस

प्रतिक्रिया