मंगलबार, वैशाख १६, २०८२

१७ मध्ये १५ को वित्तीय अवस्था सार्वजनिक, बेस्ट फाइनान्सको नाफा सबैभन्दा उच्च

नेपालखोज २०७८ कार्तिक २१ गते १२:५४

काठमाडौं । फाइनान्स कम्पनीहरूको खुद मुनाफा सन्तोषजनक देखिएको छ । कोभिड–१९ को असर अझै पनि बाँकी रहेको र यो अवस्थामा सञ्चालनमा रहेका १७ मध्ये हालसम्म १५ वटाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकामा एकाधबाहेक सबैजसोको नाफा सन्तोषजनक देखिएको छ ।

अपरिष्कृत वित्तीय विवरणअनुसार चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा बेस्ट फाइनान्सले कमाएको छ । चालु आवको पहिलो त्रैमासमा बेस्टले १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा ८९ लाख ९९ हजार रुपैयाँले ऋणात्मक थियो । फाइनान्सहरूमध्ये चालु आवको पहिलो त्रैमासमा बढी नाफा कमाउनेमा गुडबिल फाइनान्स दोस्र्रो स्थानमा परेको छ । गुडबिलले पछिल्लो त्रैमासमा सात करोड ११ लाख ८८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा गुडबिलको यस्तो नाफा दुई करोड ५१ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।

फाइनान्स कम्पनीहरूको पहिलो त्रैमासिक नाफा सन्तोषजनक

यसैगरी आईसीएफसी फाइनान्सले पनि चालुु आवको पहिलो त्रैमासमा चार करोड ७६ लाख ५२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा आईसीएफसीको यस्तो नाफा नौ करोड ३७ लाख २० हजार रुपैयाँ रहेको थियो ।

प्रोग्रेसिभ फाइनान्सले भने पछिल्लो त्रैमासमा तीन करोड ३६ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा प्र्रोग्रेसिभको यस्तो नाफा दुई करोड ३६ लाख ८३ हजार रुपैयाँले ऋणात्मक रहेको थियो । मञ्जुश्री फाइनान्सले पनि चालु आवको पहिलो त्रैमासमा दुई करोड ८६ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा मञ्जुश्रीको यस्तो नापाmा पाँच करोड ६ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।

जानकी, श्री इन्भेष्टमेन्ट र रिलायन्स फाइनान्सले भने चालुु आवको पहिलो त्रैमासमा क्रमशः दुई करोड ७९ लाख ४५ हजार, दुई करोड ७८ लाख चार हजार र दुई करोड १९ लाख २४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा भने फाइनान्स कम्पनीहरूको यस्तो नाफा क्रमशः ९६ लाख ६४ हजार, एक करोड ४९ लाख ८१ हजार र दुई करोड दुई लाख ७९ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी गोर्खाज, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र सेन्ट्रल फाइनान्सले पनि चालु आवको पहिलो त्रैमासमा क्रमश एक करोड ६५ लाख ७० हजार, एक करोड ५७ लाख ४७ हजार र एक करोड ३६ लाख ४८ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा भने यी फाइनान्सहरूको यस्तो नाफा क्रमशः ६ करोड ५८ लाख ९१ हजार, दुई करोड १५ लाख आठ हजार र ७३ लाख ४९ हजार रुपैयाँ थियो ।

पोखरा, समृद्धि र नेपाल फाइनान्सले भने चालु आवको पहिलो त्रैमासमा क्रमशः १२ लाख ९७ हजार, २६ लाख ५२ हजार ३५ लाख २४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा भने यी फाइनान्सहरूको यस्तो मुनाफा क्रमशः आठ लाख ३१ हजार, ४७ लाख ४५ हजार र ६३ लाख ६९ हजार (ऋणात्मक) थियो । मल्टीपर्पोस फाइनान्सले चालु आवको पहिलो त्रैमासमा दुई लाख १३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा १० लाख ६८ हजार रुपैयाँ थियो ।

फाइनान्स कम्पनीहरूले कमाएको खुद मुनाफा (रकम रु हजारमा, कोष्ठकभित्रको ऋणात्मक)

(स्रोत सम्बन्धित फाइनान्सको चालुु आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण)

प्रतिक्रिया