सल्यानमा बस दुर्घटना, ८ जनाको मृत्यु
नेपालखोज
२०७८ कार्तिक २१ गते १३:२४

काठमाडौं । सल्यानको कपुरकोट गाउँपालिका ५ थारखोलामा बस दुर्घटना भएकाे छ । दुर्घटनामा ८ जनाको मृत्यु भएको बताइएकाे छ।
सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार (आज) बिहान दुर्घटना भएको हो। बसमा ३० जना सवार रहेको बताइएको छ । मृतकको सनाखत हुन सकेको छैन।
बस सडकदेखि २०० मिटर तल खसेको छ। घाइतेको विवरण प्राप्त भएको छैन । प्रहरी टोली घटनास्थल पुगेर उद्दार गरिरहेको बताइएको छ।
सम्बन्धित
प्रतिक्रिया