शनिबार, जेठ ११, २०८२

सुन आज १५ सयले बढ्यो !

नेपालखोज २०७८ कार्तिक २२ गते १०:५५

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य १ हजार ५ सय रूपैयाँले बढेको छ । छापावाल सुन आज प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन ९१ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ ।

यस्तै तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य पनि आज २५ रुपैयाँले बढेको छ । आज चाँदी १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया