रुसमा एकैदिन ३९ हजार भन्दा बढीमा कोरोना संक्रमण
नेपालखोज
२०७८ कार्तिक २२ गते १३:२८

मस्को । रुसमा गएको २४ घन्टामा ३९ हजार जना भन्दा बढी नागरिकमा कोरोना भाइरसको सक्रमण देखिएको स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।
साथै यो अवधिमा रुसमा एक हजार १७९ जनाको ज्यान गएको छ । यो समेतगरी करिब ८८ लाख मानिसमा यो संक्रमण देखिएको छ ।
त्यसैगरी रुसमा अहिलेसम्म २ लाख ४६ हजार ८१४ जनाको ज्यान गएको पाइएको छ । यहाँ कोरोना भाइरसबाट हुने मृत्युदर करिब २.८१ रहेको पनि समाचारमा जनाइएको छ ।
रुसका स्वास्थ्य अधिकारीहरुले रुसको मस्को सहरमा मात्र पछिल्लो २४ घन्टामा करिब पाँच हजार जनामा सङ्क्रमण देखिएको बताएका छन् । रासस\सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया