भारतको एक अस्पतालमा आगलागी, ४ शिशुको मृत्यु
नेपालखोज
२०७८ कार्तिक २३ गते ६:५२

नयाँदिल्ली । भारतको एक अस्पतालमा गएराती भएको आगलागीमा परी चार शिशुको मृत्यु भएको छ ।
भारत मध्यप्रदेशको भोपालस्थित हमीदिया अस्पतालमा सोमवार राति आगलागी भएको हो । अस्पतालको कमला नेहरू बिल्डिङको पीडियाट्रिक विभागमा आगलागी भएको बताइएको छ ।
आगलागीमा परेका केही शिशुहरूको उद्दार गरिएको त्यहाँस्थित प्रहरीले जनाएको छ ।
आगो लागीको कारण हालसम्म पत्ता नलागेको बताइएको छ । एसएनसीयूमा कुल ४० जना शिशु भर्ना गरिएका थिए । जसमध्ये ३६ जनालाई अर्को वार्डमा सारिएको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया