विश्वकप टी–ट्वान्टी क्रिकेट : नामिबिया भारतसँग पराजित, सेमिफाइनलका खेल भोलिबाट
नेपालखोज
२०७८ कार्तिक २३ गते ७:१६

काठमाडौं । विश्वकप टी–ट्वान्टीअन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतसँग नामिबिया नौं विकेटले हराएको छ ।
दुबइमा गएराति भएको खेलमा नामिबियाले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १५ ओभर २ बलमा १ विकेट गुमाएर पुरा ग¥यो ।
समुहका ५ खेलबाट भारतले ६ अंक मात्रै जोड्न सक्यो । समान खेलबाट ८ अंक जोडेको न्युजिल्याण्ड र १० अंक जोडेको पाकिस्तान सेमिफाइनलमा प्रवेश गरे ।
विश्वकप टी–ट्वान्टी क्रिकेटका सेमिफाइनल खेलहरु भोलिदेखि हुनेछन् । पहिलो सेमिफाइनलमा भोलि बेलुकी पौने ८ बजे अबुधाबीमा इंग्ल्याण्डले न्युजिल्याण्डको सामना गर्नेछ ।
यसैगरी बिहीवार वेलुकी दुबइमा हुने दोस्रो सेमिफाइन खेलमा पाकिस्तान र अष्ट्रेलिया भिड्नेछन् ।
सम्बन्धित
प्रतिक्रिया