सोमबार, वैशाख १५, २०८२

राष्ट्रिय जनगणना : भोलिदेखि मूल गणना सुरु

नेपालखोज २०७८ कार्तिक २३ गते ८:३४

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत मुल गणना भोलिबाट हुने भएको छ । जनगणनाका लागि सम्पुर्ण तयारी पूरा भएको तथ्यांक विभागले जनाएको छ ।

विभागका महानिर्देशक महानिर्देशक नेबिनलाल श्रेष्ठका अनुसार ९ मंसिरसम्म गणना हुनेछ ।

मूल गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन् । नेपालमा हरेक १०–१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ ।

तथ्यांक विभागले यसअघि असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो । तर, कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि जनगणना स्थगित भएको थियो ।

प्रतिक्रिया