बिहीबार, जेठ ९, २०८२

‘अघिल्लो सरकारले थालेका राम्रा कामलाई पूरा गर्छु’

नेपालखोज २०७८ कार्तिक २३ गते १६:२०


काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले अघिल्लो सरकारले थालेका राम्रो कामलाई पूरा गर्ने बताएका छन् । संखुवासभाको तुम्लिङटारमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भोजपुर र संखुवासभा जोड्ने अरुण नदीमा पक्की पुल निर्माण गरिने बताएका छन् ।

भोजपुर जिल्लाको षडानन्द नगरपालिका र संखुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल निर्माण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका हुन् । उनले आफ्नै कार्यकालमा पक्की पुल बनाउने विश्वास दिलाए ।

मुख्यमन्त्री राईले संघीय सरकारले १० वर्षअघि शिलान्यास गरेको लम्सुवाघाटको पक्की पुल अहिलेसम्म बन्न नसक्नु दुःखद भएको बताए ।

प्रतिक्रिया