बिहीबार, जेठ ९, २०८२

राष्ट्र बैंकले बिहीबार २० अर्बको रिपो जारी गर्दै

नेपालखोज २०७८ कार्तिक २३ गते १८:५०

काठमाडौं । नेपाल राष्ट्र बैकले बिहीबार अर्थात यही कात्तिक २५ गते २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभाव अर्थात तरलता अभावको समस्या रहेको अवस्थामा राष्ट्र बैकले उक्त परिमाणमा अल्पकालिन अवधिको रिपो जारी गर्न लागेको हो ।

रिपो खरिदका लागि बोलकवोलका माध्यमद्वारा वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । रिपोको परिपक्व हुने १४ दिन अर्थात यही मंसिर नौ गते तोकिएको छ । रिपो खरिदका लागि कात्तिक २५ गते दिउँसो २ बजेसम्म आवेदन पेस गरिसक्नु पर्नेछ ।

प्रतिक्रिया