वास्तुशास्त्रअनुसार कस्ताे घर शुभ हुन्छ ?

वास्तुशास्त्रअनुसार घर बनाउँदा घरका हरेक कुरालाई ध्यानमा राखिन्छ । यदि वास्तुशास्त्रअनुसार घर निर्माण भएको छैन भने उक्त घरमा हुने शक्तिमा नकारात्मक प्रभाव पर्ने बताइन्छ । वास्तुशास्त्रमा प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको विशेष ध्यान राखिन्छ ।
प्रवेश द्वार
घरको प्रवेश द्वार जमिनको सतहभन्दा केहीमाथि उठेको उत्तम मानिन्छ । मुख्य प्रवेशद्वार भने पूर्व तथा दक्षिणमा बनाउनु उपयुक्त मानिन्छ । यो अन्य द्वारभन्दा अग्लो हुनु राम्रो मानिन्छ ।
भान्सा कोठा
भान्साकोठा घरको दक्षिण पूर्वी क्षेत्रमा बनाउनु उत्तम मानिन्छ तर ठाउँ नभए उत्तर पश्चिममा पनि निर्माण गर्न सकिन्छ । पूर्वमा फर्केर खाना पकाउनु उचित मानिन्छ । घरको ग्याँस र चुल्हो बाहिरबाट नदेखिने स्थानमा राख्नु लाभदायक मानिन्छ ।
यसरी मिलाएर राख्नु पर्छ कि खाना पकाउने व्यक्तिको ठीक सामुन्ने पूर्वदिशामा हुनुपर्दछ। फुड प्रोसेसर, माइक्रोओवन, फ्रिज, इत्यादिको व्यवस्था दक्षिणपूर्वमा हुनपर्दछ ।
यदी दाम्पत्य जीवनको तालमेलमा कुनै कमीको संकेत भएमा भान्साघर तथा सुत्ने कोठाको वास्तुमा खास ध्यान पुर्र्याउन आवश्यक छ ।
बालबालिकाको कोठा
बालबालिकाको लागि पश्चिम दिशा उचित मानिन्छ । पलङको अगाडि नै ऐना, कम्प्युटर, टिभी आदि राख्नु हुदैन । धेरै चहकिला बत्तीको प्रयोग गर्नुहुदैन । बच्चाको पलंगलाई दक्षिण–पूर्व भागमा राख्नु शुभ मानिन्छ ।
सुत्ने कोठा
शयन कक्ष अर्थात सुत्ने कोठा वास्तुशास्त्र अनुसार बनेको हुनुपर्दछ । यसो नभएमा राती सपना अशुभ देखिने सम्भावना रहन्छ । त्यसैले वास्तु निमार्णमा विशेष ध्यान दिनु आवस्यक छ ।
पूजा कोठा
हिन्दु धर्मालम्बीहरुले पूजा गर्ने स्थानलाइ निकै महत्वपुर्ण मान्ने गर्दछन् । उचित स्थान तथा दिशामा पूजा नगरेको अवस्थामा पूजाआजाबाट प्राप्त हुने लाभ प्राप्त नहुन सक्दछ । त्यसैले यस कुरालाई पनि विशेष ध्यान दिनु आवश्यक मानिन्छ ।
शौचालय
शौचालय निमार्ण गर्दा घरका पश्चिमी भागमा निमार्ण गर्नु सर्वोत्तम मानिन्छ भने उत्तर पश्चिममा बनाउनु पनि शुभ मानिन्छ तर अन्य स्थानमा भएको शौचालय उचित मानिँदैन । शौचालय पूजाकोठासँग जोडिएको भने हुनुहुँदैन ।
रङको छनोट
झ्याल, ढोका र मुख्य रुपमा मेन गेटमा कालो रंग गरिएको छ भने परिवारका सदस्यको व्यवहार अशिष्ट, रिसालु, रुखो बचनबढ्न जान्छ । घरका कुनै सदस्यको जन्मपत्रिकामा वाणि स्थान वा सम्बन्धित ग्रह–नक्षत्र शनि, राहु मंगल र केतु आदिबाटप्रभावित छ भने त्यसप्रति उक्त प्रभाव विशेष रुपबाट दृष्टिगोचर हुन्छ ।
प्रतिक्रिया