अधिकतम र न्यूनतम तापक्रम घट्दै, सतर्कता अपनाउन आग्रह
नेपालखोज
२०७८ कार्तिक २४ गते ६:१९

काठमाडौं । पछिल्लो समय देशभर चिसो बढेको छ । नेपालमा वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर पनि नरहेको विभागले जनाएको छ । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकि भू–भागको मौसम सामान्यतया सफा छ ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
राती पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
सम्बन्धित
प्रतिक्रिया