बुधबार, जेठ ८, २०८२

नोबेल पुरस्कार विजेता मलालाले गरिन् बालपनका साथीसँग विवाह

नेपालखोज २०७८ कार्तिक २४ गते ९:०३

काठमाडौं । चर्चित पाकिस्तानी अधिकारकर्मी तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजईले विवाह गरेकी छिन् । २४ वर्षीया उनले बेलायतमा बालपनका साथी समेत रहेका असर नाम गरेका युवासँग विवाह गरेकी हुन् ।

मलालाले सोसल मिडियामार्फत विवाहको तस्बिर सार्वजनिक गरेकी छिन् भने जसमा उनका अभिभावक पनि देखिएका छन् ।

‘आज मेरो जीवनको एक अनमोल दिन हो । असर र म जीवनभर एकअर्कोको साथ रहनको लागि वैवाहिक बन्धनमा बाँधिएका छौँ । हामीले आफ्नो अभिभावका साथ एक सानो वैवाहिक कार्यक्रम गर्यौँ । हामी आगामी यात्राका एकअर्काको साथ अघि बढाउन उत्साहित छौँ । हामीलाई तपाईँहरूको शुभकामनाको आवश्यकता छ,’ उनले लेखेकी छिन् ।

महिलाको पढाइको लागि आवाज उठाउने मलालमाथि सन् २०१२ मा तालिवानको आक्रमण भएको थियो ।

प्रतिक्रिया