‘छठपर्वले सामाजिक एकता सुमधुर बनाउन प्रेरणा मिलोस्’
नेपालखोज
२०७८ कार्तिक २४ गते ९:३९

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले छठपर्वले सामाजिक एवं सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज जारी शुभकामना सन्देशमा मुख्यमन्त्री भट्टले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहीनीहरूमा सुख, शान्ति, समृद्धि एवं सु–स्वास्थ्यको कामनासहित शुभकामना व्यक्त गरेका हुन् ।
साथै उनले कोभिड–१९ कारण सहजरूपमा चाडपर्व मनाउने अवस्था नरहेको परिस्थितिमा सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाइ सावधानीका साथ छठपर्व मनाउन अनुरोध गरेका छन् । रासस
सम्बन्धित
प्रतिक्रिया