बुधबार, जेठ ८, २०८२

यस्तो रह्‌यो प्रधान सेनापति शर्मा र भारतीय सेनाध्यक्ष नरवणेबीचको भेट (तस्बिरसहित)

नेपालखोज २०७८ कार्तिक २४ गते १०:४९

काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले भारतीय सेनाध्यक्ष जनरल मनोज मुकन्द नरवणेसँग भेटघाट गरेका छन् । भारत भ्रमणमा रहेका प्रधान सेनापति शर्माले हिजै भारतीय सेनाध्यक्ष नरवणेसँग भेट गरेका हुन् ।

भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो ।

छलफल पश्चात् प्रधान सेनापति महारथी शर्मालाई इन्डिया यूएस सेक्युरिटी प्रस्पेक्टिभबारे प्रस्तुतीकरण देखाइएको थियो ।

यसअघि उनले राष्ट्रिय समर स्मारकमा वीर सहिदहरुको सम्मानमा पुष्पगुच्छा अर्पण गरेका थिए । त्यसैगरी उनको सम्मानमा साउथ ब्लक लाउनमा भारतीय सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो ।

प्रतिक्रिया