बिहीबार, वैशाख १३, २०८१

स्क्रिन तन्काउन मिल्ने स्मार्ट फोन !

नेपालखोज २०७८ कार्तिक २४ गते १५:१८

काठमाडौं । स्मार्टफोनको बजारमा यस्ता फोनहरु प्रस्तुत हुन थालेका छन् जुन हाम्रो सोचभन्दा पर छन् । जब हामीलाई फोल्डेबल फोनको कन्सेप्टका बारेमा केही थाहा थिएन त्यतिबेला विभिन्न कम्पनीहररू यसको प्रविधिमा काम गरिरहेका थिए । बजारलाई केही न केही नयाँ दिने प्रयासमा हरेक कम्पनी लागिपरेका हुन्छन् । यो प्रयोग उपभोक्ताहरूका लागि फाइदाजनक पनि हुन्छ ।

मोबाइल कम्पनीहरुले पहिले आफ्ना डिभाइसहरूको पेटेन्ट दर्ता गराउँछन् जसले अप्रुवल पाए पछि निर्माण कार्य सुरु हुन्छ। चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस्तै पेटेन्ट फायल गरेर त्यसमा काम गरिरहेको समाचारहरु आइरहेको छ । हुवावेको यो नयाँ फोनको डिस्प्लेलाई रोल गर्न सकिने बताइएको छ । केही समय पहिले हुवावेको आर्क डिस्प्ले फोनको खबर पनि सार्वजनिक भएको थियो । हुवेइको नयाँ रोलेबल डिस्प्ले ट्रिपल क्यामेरा सेटअपका साथ आउने सम्भावना छ।

सामसुङले फोल्डेबल फोन बजारमा पठाएको धेरै समय भएको छैन । सामसुङको यो प्रयोग पछि मोवाइल कम्पनीहरू अझ तीव्र गतिमा यस्ता नयाँ प्रविधियुक्त फोनमा कामगर्न थालेका छन् । एप्पलले पनि यस्तै फोल्डेबल फोन तयार गर्ने विषयमा विचार गरिरहेको छ । एप्पलको आइफोन-१४ फोल्डेबल फोनका रुपमा प्रस्तुत हुनसक्छ । तर, एप्पलले आधिकारिक रुपमा केही नबताएसम्म यस विषयमा कुनै ठोकुवा गर्नु हतार हुनेछ । तर, रोल गर्न सकिने डिस्प्लेको कुरा चर्चामा आएको मात्र छैन यसको निमार्णको लागि हुवावेले पेटेन्ट दर्ता गराइसकेको छ ।

यो फोन हो कि ट्याबलेट ?
यो फोनको डिस्प्लेलाइ तन्काउन पनि सकिनेछ जसले यसको डिस्प्लेलाई फोनबाट ट्याबलेटमा परिणत गर्ने सकिने बताइएको छ । हुवावेद्वारा दर्ता गराइएको पेटेन्टअनुसार यो फोनको डिस्प्ले स्क्रिन दायाँ तर्फ तन्काउन सकिनेछ । ६.५ इन्चको स्क्रिन तन्काएर ११ इन्चको सम्म बनाउन सकिनेछ । यसको अर्थ यो फोनलाई टयाबलेटमा परिणत गर्न सकिनेछ । यही खास विशेषताले यो फोनलाई आधुनिक फोल्डेबल स्मार्टफोन बनाउने मात्र होइन अरु फोनको तुलनामा एक कदम अगाडि राख्ने निश्चित छ ।

यो फोन हेर्दा साधारण र व्यवहारिक देखिन्छ साथै हुवावेले यसलाई Mate सिरिज अन्तर्गत लन्च गर्न सक्ने अनुमान गरिएको छ । यो फोनको रियर प्यानलमा ट्रिपल क्यामेरा सेटअप रहने अपेक्षा गरिएको छ । यो फोनको पेटेन्ट दर्ता भएको खबर LetsGoDigital ले दिए पनि यसमा काम भइरहेको छ कि छैन भन्ने कुरामा हुवावे मौन छ । त्यसैले यस विषयमा स्पष्ट रुपमा केही भन्न सकिने स्थिति छैन ।

प्रतिक्रिया