मंगलबार, वैशाख १६, २०८२

सिभिल बैंक सञ्चालक समितिका अध्यक्ष तामाङ विरुद्ध १३ सय ८३ वटा उजुरी

नेपालखोज २०७८ कार्तिक २४ गते १२:२५


काठमाडौं । पुर्व सांसद एवं सिभिल बैंक सञ्चालक समितीका अध्यक्ष इच्छाराज तामाङ सहित १२ जना उपर हालसम्म १३ सय ८३ वटा उजुरी परेको बताइको छ । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा बचतकर्ताहरुको बचत रकम घोटाला गरेको अभियोगमा उनीहरु पक्राउ परेका छन् ।

केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार कात्तिक २२ गते सोमबारसम्ममा तामाङविरुद्ध उक्त संख्यामा उजुरी परेको हो ।

उक्त उजुरी कै आधारमा कुल दाबी रकम पाँच अर्ब ४० रकोड ४३ लाख एक सय ४० रुपैयाँ पुगेको प्रवक्ता महतोले जानकारी दिएका छन् । प्रवक्ता महतोका अनुसार सभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा घोटाला प्रकरणमा तामाङ सहित १२ जनालाई यही असोज १८ गते सिआईबीले पक्राउ गरेको थियो ।

पक्राउ लगत्तै पाँच दिन म्याद थप गरी अनुसन्धान गरेकोमा अहिले पुन संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुन्धान गर्नको लागि थप १८ दिनको लागि म्याद थप भएको थियो ।

यो समेत गरी तामाङमाथि अनुसन्धान गर्न म्याद थप गरिएको समय २३ दिन पुगिसकेको छ । पछिल्लो पटक सिआईबीले तामाङमाथिको अनुसन्धान नसकिएको भन्दै सोमबार पुन १० दिनको लागि म्याद थप गरेको छ ।

स्मरण रहोस सिभिल सहकारी घोटाला प्रकरणमा सीआईबीले असोज १८ गते तामाङ सहित केशवलाल श्रेष्ठ, भगवान बहादुर सिंह, मायोनानी महर्जन, एलिना तुलाधर, शंकर प्रसाद पाठ, संगित श्रेष्ठ, राकेश महर्जन, बुद्धराज तामाङ, कौस्तुभ केतन ढुंगाना, विजय विक्रम शाह र हरिहर लामिछाने सहितका १२ जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया