मंगलबार, जेठ ७, २०८२

‘१४ औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुँदैन’

नेपालखोज २०७८ कार्तिक २४ गते १२:३७


काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताएका छन् ।

नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

बुधबार (आज) काठमाडौंको शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई सम्पूर्ण रुपमा एकतावद्ध बनाएर देशप्रति समर्पित भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सफलता मिलोस् भनि कामना समेत गरे ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिटौलाले छठ पर्वको शुभकामना व्यक्त गर्दै जनतामा समृद्धि आउने गरी अघि बढ्न सरकार र राजनीतिक दलका नेताहरुलाई आग्रह समेत गरे । उनले जनताको हितमा काम गर्न सबै राजनीतिक दलहरुले एकतावद्ध भएर अघि बढनुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया