शनिबार, जेठ ४, २०८२

टी–२० विश्वकप : न्युजिल्यान्ड फाइनलमा प्रवेश

नेपालखोज २०७८ कार्तिक २५ गते ६:४३

काठमाडौं । टी–२० विश्वकपमा इंग्ल्यान्डलाई पाँच विकेटले हराउँदै न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डले पहिलोपल्ट टी–२० विश्वकपको फाइनल यात्रा तय गरेको हो ।

सेमिफाइनलमा पुग्न ड्यारेल मिचेल नायक बने । उनले चार चौका र चार छक्का प्रहार गरेका थिए । प्रारम्भिक ब्याट्सम्यान मिचेलले ४८ बलमा नटआउट रहेर ७२ रन बनाएपछि न्युजिल्यान्डले १९ ओभरभित्र पाँच विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

यससँगै सन २०१० को वान डे विश्वकपमा इंग्ल्यान्डको हातबाट पराजित न्युजिल्यान्डले त्यसको बदला पनि लिएको छ । न्युजिल्यान्ड विश्व टेस्ट च्याम्पियनसपको विजेता पनि हो ।

फाइनलमा न्युजिल्यान्डले पाकिस्तान र अस्ट्रेलियामध्ये एक टिमको सामना गर्नेछ ।

प्रतिक्रिया