युनेस्कोको महासभामा भाग लिन शिक्षामन्त्री पेरिसमा
नेपालखोज
२०७८ कार्तिक २५ गते ९:०५

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल फ्रान्सको पेरिस पुगेका छन् । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को ४१औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी हिजाे पेरिस गएका हुन् ।
यही नोभेम्बर ९ मा सुरु भएको महासभा नोभेम्बर २४ तारिखसम्म चल्नेछ । प्रतिनिधिमण्डलमा शिक्षा मन्त्रालयका सचिव एवं युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका महासचिव रामप्रसाद थपलिया, आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीलगायत छन्।
सम्बन्धित

प्रतिक्रिया