बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई एपोलो पोलि क्लिनिकमा २० प्रतिशतसम्म छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र एपोलो पोलि क्लिनिकबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई २० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
यो सम्झौता पश्चात् ग्राहकहरुले एपोलो पोलि क्लिनिकले प्रदान गर्ने प्याथोलिजी सेवामा २० प्रतिसत, डाईग्नोष्टिक सेवाहरुमा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म तथा फार्मेसी सेवामा १० प्रतिशतसम्म छुट पाउने छन् । ग्राहकहरुले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नु पर्नेछ ।
एपोलो पोलि क्लिनिकले काण्ठमाडौं उपत्यकाको मैतिदेवीबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया