शुक्रबार, चैत १६, २०८०

१ घण्टामै ‘फुल चार्ज’, यस्ता छन् फिचर !

नेपालखोज २०७८ कार्तिक २६ गते १२:५४

काठमाडौं । चीनको इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडी (बिल्ड योर ड्रिम्स) ले आफ्नो नयाँ गाडी इलेक्ट्रिक एमपीभी बजारमा ल्याएको छ । यो गाडी एकपटकको फुल चार्जमा ५६० किलोमिटर माइलेज दिन सक्षम हुने कम्पनीको दाबी छ ।

नेपालमा यो गाडीको मूल्य ५७ लाख ५० हजार बताइएको छ । केही रकम थपेर यो गाडीसँगै ७ किलोवाटको चार्जर पनि लिन सकिन्छ ।

रेन्ज र चार्जिङ समय

यो एउटा पाँचसिटे इलेक्ट्रिक एमपीभी हो जसमा ७१‍.७ के डब्ल्यूएच लिथेनियम आइरन फस्फेट ब्याट्री प्रयोग हुन्छ । यसको इलेक्ट्रिक मोटरले ९५ बीएचपी पावर र १८० एनएमको पिक टर्क जेनरेट गर्छ । यो कारको टप स्पिड १३० किलोमिटर प्रति घण्टा भएको बताइएको छ ।

यस्ता छन् फिचर

यो इलेक्ट्रिक एमपीभीले डीसी फास्ट चार्जिङलाई पनि सपोर्ट गर्छ , जसका माध्यमबाट यो ब्याट्रीलाई ३५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

बीडीवाई ई-सिक्स इलेक्ट्रिक एमपीभी एलईडी डे-टाइम रनिङ लाइट, एलइडी टेल-लाइट, ६ किसिमका इलेक्ट्रिक एडजस्टेबल ड्राइवर तथा फ्रन्ट पेसेन्जर सिट, सिटका लागि लेदर अपहोल्स्ट्री जस्ता सुविधाहरु छन् । यसमा ब्लुटुथ र वाईफाई कनेक्टिभिटीका साथ १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम पनि जडान गरिएको छ ।

यो एमपीभीको लम्बाइ ४.६९ मिटर छ भने चौडाइ १,८१० एमएम तथा उचाइ १,६७० एमएम अनि ह्‌विल बेस २,८०० एमएम तथा अलोय ह्‌विल १७ इन्चको छ ।

यसमा ५८० लिटरको ठूलो बुट स्पेस दिइएको छ । यो एमपीभीमा चारवटा एयरब्याग, रियर भ्यु क्यामेरा, टीपीएमएस, ईएसपी, हिल-स्टार्ट असिस्ट कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक, एचबीएसमेत अनेकौं सेफ्टी फिचर्स जडान गरिएको छ ।

कम्पनीले यो गाडीमा तीन वर्ष वा सवा लाख किलोमिटर, ब्याट्री सेलमा ८ वर्ष वा ५ लाख किलोमिटर तथा मोटरमा ८ वर्ष वा डेढ लाख किलोमिटरको वारेन्टी प्रदान गर्छ । यो एउटा कमर्सियल गाडी हो । चाँडै यसको प्राइभेट भर्सन पनि आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया