फाउन्डेसनद्वारा घर निर्माणमा सहयोग

सिन्धुपाल्चोक । सामाजिककार्यमा सक्रिय हिमालयन फाउण्डेशन कर्प न्यूयोर्क एण्ड क्यालिफोर्नियाले हेलम्बुका बाढीपीडितका लागि १० घर निर्माण गरिदिने भएको छ ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीको आतिथ्यतामा बुधबार हेलम्बु गाउँपालिका अध्यक्ष नीमा ग्याल्जेन शेर्पा र हिमालयन फाउण्डेशनका संस्थापक यज्ञलाल श्रेष्ठबीच सो सम्झौतापत्रमा यहाँ हस्ताक्षर भयो । प्रतिघर चारलाख खर्च हुने जनाइएको छ ।
कार्यक्रममा मेलम्ची नगरपालिका–७ का अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, तामाङ को–अपरेशन सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष शेरबहादुर लामा, प्रोफेसर प्रकाश खड्गी, चलचित्र पत्रकार सङ्घका पूर्वउपाध्यक्ष लक्ष्मण सुवेदीलगायतले सामाजिक कार्यमा सबैले सहयोग पु¥याउन आवश्यक रहेको बताए ।
आफू सोही ठाउँमा जन्मे हुर्किएकाले सिन्धुपाल्चोकमा केही घटना हुँदा निकै मन पोल्ने गरेको फाउण्डेशनका संस्थापक श्रेष्ठले बताए । गत असार र साउनमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका थुप्रै वडामा ठूलो जनधनको क्षति भएको थियो ।
प्रतिक्रिया