नाइजेरियामा १५ बन्दुकधारीको मृत्यु

नेपालखोज २०७८ कार्तिक २६ गते १५:१९
फाइल तस्बिर ।

अबुजा । नाइजेरियामा सरकारी सुरक्षाकर्मीहरुको कारबाहीमा परी कम्तीमा १५ बन्दुकधारी मारिएका छन् । उनीहरुले अरु ४८ बन्दुकधारीलाई पक्राउ पनि गरेको सैन्य अधिकारीहरुले बिहिबार जानकारी दिएका छन् ।

त्यसैगरी बन्दुकधारीहरुबाट अपहरणमा परेका ४२ लाई पनि सुरक्षाकर्मीहरुले रिहा गराएका छन् । मारिएका, पक्राउ परेका र रिहा भएकाहरुको यो संख्या गत अक्टोबर २९ देखि गत बिहिबारम्मको हो ।

राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता बेर्नार्ड ओनीएउकोले सरकारी सुरक्षाकर्मीलाई सफलता प्राप्त भइरहेको र बन्दुकधारीहरुलाई निस्तेज पार्दै गएको दाबी गरे ।

सुरक्षाकर्मीहरुले हवाई आक्रमण समेत गरेका थिए । उनीहरुले आपराधिक तथा हिंसात्मक गतिविधिका विरुद्धमा कारवाही अभियान जारी रहने पनि जनाएका छन् । रासस\सिन्ह्वा

प्रतिक्रिया