दैनिक तापक्रम घट्दै, सतर्कता अपनाउन महाशाखाको आग्रह
नेपालखोज
२०७८ कार्तिक २७ गते ६:३८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।
अहिले देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकि भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राती पनि पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाको भनाई छ ।
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया