एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि
नेपालखोज
२०७८ कार्तिक २७ गते ९:१२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि सुरु हुँदै छ ।
दुई दिनसम्म चल्ने केन्द्रीय कमिटीको पूर्ण बैठकका एजेण्डा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले तय गरेको छ ।
एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टीको सांगठनिक संरचना लगायतका विभिन्न विषयमा छलफल गर्न केन्द्रीय कमिटीको पूर्ण बैठक बस्न लागेको उनले बताए ।
उपमहासचिव तुलाधरले केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय अनुशासन आयोग, लेखा र निर्वाचन आयोगका सदस्यहरुको शपथ ग्रहण गराउनेदेखि अन्य एजेण्डा रहेको जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया