मंगलबार, वैशाख ३०, २०८२

जर्मन चान्सलरद्वारा पूर्ण मात्राको खोप लिन आग्रह

नेपालखोज २०७८ कार्तिक २७ गते २१:४०

काठमाडौं । चान्सलर एन्जेला मर्केलले शनिबार कोभिड-१९ विरुद्धको खोपको पूरा मात्रा नलिएका नागरिकहरूलाई सकेसम्म चाँडो खोप लिन आह्वान गरेकी छन् ।

हाल जर्मनीमा कोरोनाभाइरस संक्रमण दर उच्च रहेको र मृत्युको संख्या पनि बढिरहेको छ। मर्केलले आफ्नो साप्ताहिक पोडकास्टमा भनेकी छन्, ‘यदि हामीसँगै उभियौं, यदि हामीले आफूलाई बचाउने र अरूको हेरचाह गर्ने बारे सोच्यौं भने, हामी यस जाडोमा हाम्रो देशलाई सङ्क्रमणबाट बचाउन सक्छौं।’

चान्सलर मर्केलले अबका दिनहरू थप कठिन रहेको बताउँदै सबैलाई सचेत रहन आग्रह गरेकी छन् । जर्मनीको रोग नियन्त्रण केन्द्रले जर्मनीको संक्रमण दर सात दिनमा प्रति १ लाख बासिन्दामा २७७.४ नयाँ सङ्क्रंणमा पुगेको जनाएको छ, जुन अघिल्लो दिन २६३.७ थियो।

रोबर्ट कोच इन्स्टिच्युटले ४५,०८१ नयाँ संक्रमण रिपोर्ट गरेको छ, जुन दुई दिन पछिको दैनिक कुल ५० हजार माथिको पहिलो हो । साथै थप २२८ जना सङ्क्रमितको मृत्युसँगै जर्मनीमा कुल संक्रमितको सङ्ख्या ९७ हजार ६१७ पुगेको छ।

यद्यपि संक्रमण दर अझै केही अन्य युरोपेली देशहरूको तुलनामा यहाँको उच्च छैन्। तर पनि जर्मनीमा खतराको घण्टी भने बजाएको छ। निवर्तमान चान्सलर मर्केलले अर्को हप्ता राष्ट्रव्यापी उपायहरू समन्वय गर्न देशका ११६राज्यका गभर्नरहरूसँग भेट्ने योजना बनाएको बताइन्। साथै यहाँको संसद्ले जाडो याममा कोभिड-१९ नियन्त्रणका निम्ति लागू गर्ने थप प्रतिबन्धका लागि नयाँ कानुनी परामर्श र तयारी गरिरहेको छ ।

प्रतिक्रिया