मंगलबार, वैशाख ३०, २०८२

पाकिस्तानको कराचीमा रहस्यमय भाइरसको प्रकोप

नेपालखोज २०७८ कार्तिक २७ गते २३:०५

इस्लामाबाद । पाकिस्तानमा रहस्यमय भाइरस फैलिएको छ । कराचीमा रहस्यमय भाइरल ज्वरोका बिरामी देखा पर्न थालेका छन्, जसमा डेंगु ज्वरोको जस्तै लक्षण देखिएका छन् ।

यसले बिरामीको प्लेटलेट्स अनि सेतो रक्त कोशिकालाई कम गर्छ, जसको कारण बिरामीको ज्यानसमेत जान सक्दछ । त्यहाँका स्थानिय संचारमध्यमहरुका अनुसार उक्त भाइरल ज्वरो कराचीमा तिव्र गतिमा फैलिरहेको छ ।

चिकित्सकहरुका अनुसार पनि त्यहाँ उक्त भाइरल ज्वरोका बिरामी तिव्र गतिमा बढि रहेका छन् । जब डेंगुका लागि भाइरल ज्वरोको परीक्षण गरिएको थियो, तब रिपोर्ट नेगेटिभ आएको थियो । डांव यूनिभर्सिटी अफ हेल्थ साइन्सेजमा आणविक विकृतिका प्रमुख सईद खानका अनुसार पछिल्लो केही सातादेखि उनि उक्त भाइरल बिरामीको चेकचाज गरिरहेका छन् ।

जसमा प्लेटलेट्स अनि सेतो रक्त कोशिकाहरु कम भइरहेको छ । भने त्यसमा अन्य लक्षणहरु पनि डेंगुको ज्वरोसँग मिल्दाजुल्दा छन् । तर, जब उक्त भाइरसका बिरामीलाई एनएसवान एन्टीजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउँदछ ।

प्रतिक्रिया