विश्वकप उपाधिका लागि आज न्युजिल्यान्ड र अस्ट्रेलियाको भिडन्त

काठमाडौं । आइसीसी टी–२० विश्वकपको फाइनल खेल आज हुँदै छ । उपाधिका लागि न्युजिल्यान्ड र अस्ट्रेलियाले प्रतिष्पर्धा गर्नेछन् । खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुने छ ।
न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो । अस्ट्रेलिया योसहित दोस्रो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको छ । अस्ट्रेलिया यसअघि २०१० मा वेस्टइन्डिजमा आयोजित टी–२० विश्वकपको फाइनलमा ईङल्याण्डसँग पराजित भएको थियो ।
समग्रमा यस विश्वकपमा टस जित्ने टिमले खेल जितेको देखिएकाले टस महत्वपूर्ण हुने देखिन्छ । फाइनलसम्मको यात्राका क्रममा दुवै टिमले उत्कृष्ट क्रिकेट खेलेका छन् ।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुने यस खेल पनि सेमिफाइनलका जस्तै रोमान्चक हुने कुरामा दुई मत छैन । अस्ट्रेलिया र न्यूजील्याण्ड दुवैले अहिलेसम्म टी–२० विश्वकपको उपाधि नजितेकाले यसपटकको विश्वकपमा भने नयाँ टिमले उपाधि जित्ने भएको छ ।
प्रतिक्रिया