मंगलबार, वैशाख ३०, २०८२

कांग्रेस केन्द्रीय कमिटीको बैठक बस्दै, के छन् एजेन्डा ?

नेपालखोज २०७८ कार्तिक २८ गते ७:४६

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको १४औं महाधिवेशनको तयारीबारे बैठकमा छलफल हुनेछ ।

बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौड्यालका अनुसार केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।

मंसिर अन्तिम साता महाधिवेशन गर्ने तयारी गरेको कांग्रेस अहिले धमाधम अधिवेशनमा जुटेको छ ।

कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक शनिबार बसेको थियो । बैठकमा पार्टीको आसन्न १४औँ महाधिवशेनको तयारीका लागि विभिन्न समिति उपसमिति बनाउनेलगायत विषयमा छलफल भएको छ ।

प्रतिक्रिया