शुक्रबार, जेठ ३, २०८२

प्रधानन्यायाधीशको बेन्चबिनै सर्वोच्चमा तोकियो १० इजलास

नेपालखोज २०७८ कार्तिक २८ गते १०:३९

काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने तयारीका बिच पनि सर्वोच्च अदालतमा आज १० वटा इजलास तोकिएको छ ।

ती कुनै पनि इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने छैनन् ।

बारले बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दाको बहसमा सहभागी नहुने निर्णय गरिसकेको छ ।

सर्वोच्च अदालतका अन्य न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र हेर्ने घोषणा गरे पनि आइतबार विभिन्न प्रकारका मुद्दालाई समेटेर इजलास गठन गरिएको छ ।

प्रतिक्रिया