बिहीबार, जेठ २, २०८२

१.३८ अंकले नेप्से घट्दा ४ अर्ब ९ करोडको सेयर किनबेच

नेपालखोज २०७८ कार्तिक २८ गते १५:३४

काठमाडौं । नेप्से नकारात्मक दिशामा गएको छ । साताको पहिलो कारोबार दिन आज नै नेप्से एक दशमलव ३८ अंकले घटेर २६ सय ८८ दशमलव ९२ अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स भने आज शून्य दशमलव २५ अंकले बढेर पाँच सय दुई दशमलव ४४ अंकमा पुगेको छ ।

आज दुई सय ३० वटा कम्पनीहरुको ६१ हजार चार सय पाँच पटकको कारोशारमा ७४ लाख ३४ हजार पाँच सय ३७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब नौ करोड ६२ लाख १९ हजार पाँच सय २५ रुपैयाँ ४० पैसा पुगेको छ ।

१३ वटा समूहहरुको कारोबार भएकोमा छ वटा समूहको सूचक घटेर सात वटा समूहहरुको सूचक बढेका छन् । ति मध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव ४३ अंकले घटेर १८ सय १० दशमलव ७३ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ६८ दशमलव १७ अंंकले घटेर १५ हजार ४६ दशमलव दुई अंकमा झरेको छ ।

यसैगरी जलविद्युत, लगानी, सामुुहिक लगानी कोष र ट्रेडिङ समूहहरुको सूचक पनि घटेका छन् । विकास बैक समूहको सूचक भने आज एक सय ६१ दशमलव ८५ अंकले बढेर पाँच हजार तीन सय ५४ दशमलव ५९ अंकमा चढेकोमा निर्जिवन बीमा समूहको सूचक पनि २४ दशमलव तीन अंकले बढेर १२ हजार दुई सय ९३ दशमलव १३ अंकमा चढेको छ । यि बाहेक फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र अन्य समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज बोर्टलस नेपाल (तराई) लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर ११ हजार आठ सय २५ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने १० प्रतिशतले घटेर तीन सय १५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

त्यसैगरी आज महालक्ष्मी विकास बैंकको प्रतिकित्ता सात सय ८५ रुपैयाँ अन्तिम मूल्यमा २७ करोड ३९ लाख ९३ हजार ९३ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया