आन्तरिक हवाई उडानको भाडा २२० रुपैयाँ बढ्यो
नेपालखोज
२०७८ कार्तिक २८ गते १८:५८

काठमाडौं । आन्तरिक हवाई उडानको भाडा बढेको छ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै वायुसेवा सञ्चालकले हवाई भाडा बढाएका हुन् । हवाई टिकटमा जोडिने इन्धन वापतको मूल्य बढाइएको हो ।
हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ । हाल आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ । इन्धनको मूल्य बढेपछि भाडा पनि बढाइएको हो। इन्धन वापत बढिमा २२० रुपैयाँ भाडा बढेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट समेत परिमार्जित मूल्यलाई स्वीकृति प्रदान भएसँगै भोलिबाट यो भाडादर लागु हुँदैछ ।
सम्बन्धित
प्रतिक्रिया