बिहीबार, जेठ २, २०८२

एनएमबीको भीकेवाईसी, पल शाह बने ब्रान्ड एम्बेसडर

नेपालखोज २०७८ कार्तिक २८ गते १९:५४

काठमाडौं । एनएमबी बैंकले भिडियो कल गरेरै खाता खोल्न सकिने व्यवस्था लागु गरेको छ । बैंकिङ व्यवसायमा नयाँ नयाँ अभ्यास गर्ने गरेको बैंकले नेपाली बैंकिङ जगतमै पहिलो पटक सुरुदेखि अन्त्यसम्म पूर्ण डिजिटलरुपमा खाता खोल्ने प्रक्रिया सुरु गरेको हो ।

बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको हो । यो सेवामार्फत अव ग्राहकहरुले एनएमवीमा भिडियो कलमार्फत अनलाइन नायँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरु पूरा अपडेट गर्न सक्दछन् ।

‘एनएमबीले ग्राहकहरुको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अव मोवाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधि भन्दा माथि उठेर बैंकसम्म नधाइकनै मुख्य बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्दछन् । हालको परिवेशमा पनि यस प्रकारको सेवाले ग्राहकहरुको लागि घरमै बसी बैंकिङ कारोबार सहज वनाउनुको साथै सबै प्रकारको म्यानुअव कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित,र कागज बिहिन बैंकिङ सेवा प्रदान गर्दछ, जुन बैंकको ग्लोवल एलाइन्स फर भ्यालु वेस्ड बैंकिङ सदस्यका नाताले वातावरण मैत्री बैंकिङ प्रति प्रतिवद्धता परिपूर्ति गर्नु रहेको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैवबीच बैंकले लोकप्रिय युवा अभिनेता तथा समाजसेवी पल शाहलाई बैंकको व्राण्ड एम्वेसेडर नियरुक्त गरेको छ । बैंकले पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको हो । एनएमबी बैंक नेपालकै अग्रणी बैंक हो, भने शाह टेलिभिजनको इडिटिङ, म्युजिक भिडियो हुँदै नेपालको सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेका उदयमान अभिनेता मध्येका एक हुन् ।

एक प्रेस वक्तब्य जारी गर्दै बैंकले शाहसँग दिपक्षीय समझदारी भएको जनाएको छ । शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिइएको बैंकले जनाएको छ । नायक शाहले एनएमबी बैंकको व्राण्ड एम्वेसेडर भएर सहकार्य गर्न पाउँदा आफूलई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भुमिका प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया