नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि ११ जनाको आवेदन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका लागि ११ जना व्यक्तिहरुले आवेदन दिएका छन् । यसअघि नेप्सेको प्रमुख कार्यकारी अधिकृतको रुपमा चन्द्रसिंह साउँद रहेका थिए ।
सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा विवादमा तानिएसंगै साउँदले पदबाट राजीनामा दिएका थिए । सो पश्चात रिक्त रहेको प्रमुख कार्यकारी पदको लागि अर्थमन्त्रालयले यही कात्तिक ११ गते शुक्रबार १५ दिने अवधि तोकेर खुल्ला प्रतिस्पर्धाको आह्वान गरेको थियो । उक्त आह्वानअनुसार आवेदन दिई सक्नुु पर्ने समयसिमा आजसम्म हो ।
तर यस अवधिमा प्रमुख कार्यकारी अधिकृतको लागि ११ जना व्यक्तिहरुले आवेदन दिएको अर्थमन्त्रालयका सूचना अधिकृत रितेश शाक्यले जानकारी दिएका छन् । यसरी आवेदन दिनेहरुमा डा. रमेश कुमार भण्डारी, जीवन अम्गाई, प्रविन पन्दाक, बद्री प्रसाद प्याकुरेल, कृष्ण बहादुर कार्की, निरञ्जन फुयाँल, दिपक गौत्तम, केशवप्रसाद श्रेष्ठ, गोविन्द प्रसाद दाहाल, छविराज पन्त र रमेश घिमिरे रहेको शाक्यको भनाई छ ।
यि हुन नेप्सेको प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन दिने व्यक्तिहरु
१. डा. रमेश कुमार भण्डारी
२. जीवन अम्गाई
३. प्रविन पन्दाक
४. बद्री प्रसाद प्याकुरेल
५. कृष्ण बहादुर कार्की
६. निरञ्जन फुयाँल
७. दिपक गौत्तम
८. केशव प्रशाद श्रेष्ठ
९. गोविन्द प्रसाद दाहाल
१०. छविराज पन्त
११. रमेश घिमिरे
(श्रोत अर्थमन्त्रालय)
प्रतिक्रिया