बिहीबार, जेठ २, २०८२

प्रधानन्यायाधीशविरुद्धकाे आन्दोलनमा पत्रकार जान नपाउने

नेपालखोज २०७८ कार्तिक २९ गते ११:००

२९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरुद्धको आन्दोलनमा रिपोर्टिङ गर्न पत्रकारलाई प्रवेश गर्न नदिइने भएको छ । राजीनामा माग्दै कानुन व्यवसायीले जारी राखेको आन्दोलनमा पत्रकारलाई प्रवेश नदिइने भएको हो ।

आइतबारसम्म पत्रकारहरु सर्वोच्च परिसरभित्रै प्रवेश गरी रिपोर्टिङ गर्दै आएका थिए । आज भने पास भएका पत्रकार पनि सर्वोच्च जान नपाउने भएका हुन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले कात्तिक १४ गतेदेखि आन्दोलन गर्दै आएका छन् । आन्दोलनलाई लक्षित गरी सर्वोच्च अदालत भित्र र बाहिरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया