मंगलबार, वैशाख १६, २०८२

आशा लघुवित्तले २६ प्रतिशत लाभांश दिने

नेपालखोज २०७८ कार्तिक २९ गते १६:०९

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले नुवाकोटको ककनीमा पाँचौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा संस्थाका अध्यक्ष निर्गुण प्रसाद भट्टचनले संचालक समितिकातर्फबाट प्रतिवेदन पेस गर्दै संस्थाले आर्थिक वर्ष २०७७/७८ मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारेका छन् ।

उनले चालु आर्थिक वर्षमा संस्थाले संचालनगर्ने कार्यक्रमहरुबारे पनि प्रष्ट पारे । संस्थापक अध्यक्ष रामबहादुर पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणहरु पारित गरेको छ ।

सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम आव २०७७/७८ को मुनाफाबाट एक दशमलव ३१ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश पारित गर्ने, चुक्ता पुँजी २६ करोड ७१ लाख ३१ हजार दुई सय रुपैयाँको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेकाे छ ।

साथै साधारण सभाबाट संथापक सेयरधनीको तर्फबाट संचालकमा निर्गुण प्रसाद भट्टचन, प्रदिपकुमार खड्का, सुसन शेरचन रश्री कविता पोख्रेल निर्विराेध निवार्चित भएका छन् ।

साथै सोहीदिनमा बसेको संचालक समितिको बैठकले निर्गुण प्रसाद भट्टचनलाई संचालक समितिको अध्यक्ष चयन गरेको छ । २०७३ भाद्र १५ गतेदेखि कारोबार सुुरु गरेको संस्थाको हालसम्ममा ६७ हजार ग्राहक सदस्यमार्फत चार अर्ब ४६ करोड कर्जा लगानीमा रहिरहेको तथा एक अर्ब ४२ करोड निक्षेप संकलन गरेको प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले जानकारी दिएका छन् ।

प्रतिक्रिया