बुधबार, जेठ १, २०८२

प्रधानन्यायाधीश जबराले तोके १० इजलास

नेपालखोज २०७८ कार्तिक ३० गते ११:२१

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज १० इजलास तोकेका छन् । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीश जबराले दुई एकल र आठ संयुक्त इजलास तोकेका हुन्। उनले आफ्नो लागि भने कुनै इजलास नतोकेको बताइएको छ ।

यसैबीच प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएका नेपाल बार एसोसिएसनले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । नयाँ सशक्त आन्दोलन बारे छलफल गर्न बारले आज दिउँसो १ बजेलाई बैठक बोलाएको हो ।

प्रतिक्रिया