बिहारमा सडक दुर्घटना, स्व. सुशान्त सिंह राजपुतका ६ आफन्तको मृत्यु
नेपालखोज
२०७८ कार्तिक ३० गते १४:३८

काठमाडाैं । बिहारको लखीसरायमा भएको सडक दुर्घटनामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ४ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतका ६ जना आफन्तको एकैपटक मृत्यु भएको भारतीय मिडिया आजतकले जनाएको छ ।
दुर्घटनामा परेका १० जना पटनामा दाह संस्कारमा सहभागी भएर जमुइ फर्कदै गर्दा उनीहरुको गाडी ट्रकसँग ठोक्किएको हो । दुर्घटनामा लालजीत सिंह, जेठा छोरा अमित शेखर, कान्छा छोरा रामचन्द्र सिंह, छोरी देवी, भान्जी अनिता देवी र चालक प्रितम कुमारको मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमध्ये लालजीत सिंह दिवंगत अभिनेता सुशान्त सिंह राजपुतका भिनाजुका भिनाजु थिए ।
सम्बन्धित
प्रतिक्रिया