चौबीस घण्टामा ३७७ संक्रमित थपिए, १७० जना डिस्चार्ज, ४ काे मृत्यु
नेपालखोज
२०७८ कार्तिक ३० गते १६:१९

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ३७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १७० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५०५ जनाको पीसीआर परीक्षणबाट ३३९ र २ हजार ६४४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३८ जना गरी जम्मा ३७७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ रहेको छ ।
नेपालमा हालसम्म ७ लाख ९८ हजार ७१४ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया