बुधबारको दिन, के गर्ने ?

आज बुधबार ‘बुध‘ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी विथाल–देव (कृष्णको अवतार)को पूजा गरिन्छ । पूजा गर्दा तुलसीको पातले गर्नुपर्छ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ । भनिन्छ नी सोम खेती बुध घर । आजको दिन घर बसाल्दा अति नै उत्तम हुनेछ ।
बुधबारका के गर्ने ?
–बुधबार भगवान गणेशको अथर्वशीर्षको पाठ गर्ने ।
–विधिसँग देवी लक्ष्मीको पूजा गर्ने ।
–देवी लक्ष्मीलाई गुलाबको माला अर्पण गर्ने र खीर प्रदान चढाउने ।
–यो हरेक बुधबार गरेमा बुधको स्थिति केहि दिनमा सुधार हुन सुरु हुनेछ ।
–यदि ऋण लागेको छ र तपाइले यसलाई तिर्न सक्नभएको छैन भने, खिर बनाएर बुधबार गाइलाई खुवाउनुहोस् ।
–बुधबार भगवान गणेशलाई २१ वा ४२ जावित्री चढाउनुहोस् । योसँगै, परिवारमा वित्तीय संकट चाँडै टाढा जान सुरु हुनेछ ।
बुधबार कृष्णलाई पुकार्ने विधि : ईश्वरको पूजा, प्रार्थना, शक्तिको उपासना परापूर्वकालदेखि हरेक धर्म, संस्कृतिको अभिन्न अंग बन्दै आएको छ । सबैजसो धर्ममा भक्ति गीत, भजन, मन्त्र, संगीत, नृत्य एवं ध्यान आदिबाट ईश्वरको पूजा, पाठका साथै स्तुती गाइन्छ ।
व्यक्तिगतरूपमा अथवा सामूहिकरूपमा प्रार्थना गरी इस्टदेव, परमात्मा वा शक्तिपीठका सामु भौतिकरूपमा मात्र नभई भावनात्मक रूपमा लीन भई ईश्वर साक्षात्कार गर्नु सबैजसो धर्मसंस्कृतिको अभिन्न अंग रहिआएको छ ।
सबै प्राणी भित्र परब्रम्ह परमात्मा रहेको हुन्छ, जुन कुरा स्वामी विवेकानन्दको विचारबाट पनि स्पष्ट हुन्छ। विकार रशित निर्मल र शुध्द मनले एकाग्रभै ध्यान गरेमा त्यसलाई साक्षात्कार गर्न सकिन्छ ।
प्रतिक्रिया