प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका भू-भागमा आंशिक बदली हुने
नेपालखोज
२०७८ मंसिर १ गते ६:१२

काठमाडाैं । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा माैसम विभागले बुलेटिनमार्फत जनाएकाे छ ।
आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने माैसम विभागले जनाएकाे छ ।
आज राती प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।
सम्बन्धित
प्रतिक्रिया