बैकिङ प्रणालीमा ३० करोड संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ३० करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुद्दती निक्षेपको रुपमा २०७८ मंसिर ७ गतेदेखि २०७९ मंसिर ७ गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।
यसरी मुुद्दती निक्षेपको रुपमा राखिने कुल रकममध्ये वाणिज्य बैंकहरुको लागि २४ करोड, विकास बैंकहरुको लागि चार करोड ५० लाख र फाइनान्स कम्पनीहरुको लागि एक करोड ५० लाख रुपैयाँ रुपैयाँ छुट्याइएको छ ।
राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुक तथा फाइनान्स कम्पनीहरुले यही मंसिर पाँच गते मध्यान्ह दुई बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याजसमेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।
रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

प्रतिक्रिया